°
, June 7, 2023 in

एनएसएलमा झापा एफसीलाई नेको इन्स्योरेन्सको साथ, टिमका प्रत्येक सदस्यको १० लाखको स्वास्थ्य बिमा

SHARE:

आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीले टिमका सम्पूर्ण सदस्यको स्वस्थ्य बिमा गरेको छ। एनएसएलको नवप्रवेशी क्लब झापा एफसीले नेको इन्स्योरेन्समार्फत टिमका सदस्यको स्वस्थ्य बिमा गरेको हो।

झापा एफसीले खेलाडी र अफिसियलको १० लाख रुपैयाँ बराबरको स्वस्थ्य बिमा गरेको हो। झापा एफसीले मंगलबार नेको इन्स्योरेन्ससँग बिमा पार्टनरका रुपमा सम्झौता गरेका छ। बिमा पार्टनर सम्बन्धी सम्झौतामा झापा एफसीका उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका सिइओ अशोककुमार खड्काले हस्ताक्षर गरे।

बिमा पार्टनरका रुपमा नेको इन्स्योरेन्सलाई पाउँदा आफूहरु खुसी भएको बस्नेतले बताए । उनले फुबटल प्रवद्र्धका लागि गरेको योगदानका लागि नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिए। यस्तै नेको इन्स्योरेन्सका सिइओ खड्का क्लबको खेल र खेलाडीप्रतिको भिजनबाट प्रभावित भएर सहकार्य गरेको बताए ।

चैत २६ गतेदेखि काठमाडौं र पोखरामा सुरु हुने एनएसएलका लागि झापा राष्ट्रिय टिमका सदस्यहरु अञ्जन विष्ट, सन्तोष तामाङ, आशिष लामा, निशान खड्का, ऋतिक खड्का, सेशेहाङ आङ्देम्बेलगायतलाई अनुबन्धन गरेको छ।

SHARE: