°
, June 7, 2023 in

पाँचौं जितसहित झापा सी डिभिजन लिगको शीर्ष स्थानमा

SHARE:

काठमाडौंमा जारी सहिद स्मारक सी डिभिजन लिगमा झापा एफसीले पाँचौं जित निकालेको छ। एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा झापाले सानेपा क्लबलाई २–१ ले हरायो।

झापाको जितमा हरि बहादुर आले मगरले दुई गोल गरे भने सानेपाका महेन्द्र शाही एक गोल फर्काए ।

पाँचौं जित निकालेसँगै झापा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। झापाले ६ खेल १६ अंक जोडेको छ । सानेपाले ६ खेलमा १० अंक जोडेको छ।

SHARE: