°
, June 4, 2023 in

इपिएलमा फेलिक्सको पहिलो गोल, वेस्टहमसँग रोकियो चेल्सी

SHARE:

पोर्चुगिज विंगर जोआ फेलिक्सले इंग्लिस प्रियिमर लिगमा गोलको खाता खोलेका छन्। जनवरी ट्रान्सफर विंन्डोमा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा आएका फेलिक्सले शनिबार वेस्टह्मविरुद्ध इपिएलको पहिलो गोल गरेका हुन्।

फेलिक्सले जनवरी १३ मा फुलहमविरुद्ध डेब्यू गरेका थिए। तर, डेब्यू खेलमा रातो कार्ड पाएपछि तीन खेल प्रतिबन्धमा परेका थिए। प्रतिबन्धपछि उनले वेस्टहमविरुद्ध पहिलो खेल खेलेका थिए।

फेलिक्सको गोलका बाबजुद चेल्सी वेस्टहमसँग १–१ गोलको बराबरीमा रोकिएको छ। वेस्टहमको मैदानमा भएको खेलमा १३औं मिनेटमा फेलिक्सको गोमाल चेल्सीले अग्रता लियो।

तर, २८औं मिनेटमा इमर्सन पाल्मेरीले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

यो बराबरीपछि ३१ अंकसहित चेल्सी नवौं स्थानमा छ भने २० अंक जोेडेको वेस्टहम १५औं स्थानमा छ।

SHARE: