°
, June 1, 2023 in

पोर्चुगिज स्टार फेलिक्स भित्र्याउँदै चेल्सी

SHARE:

यो सिजन खेलाडी ट्रान्सफरमा सबैभन्दा धेरै खर्च गर्ने टिम हो, चेल्सी । तर, ट्रान्सफर मार्केटमा ठूलो रकम खर्चिए पनि चेल्सी अहिले संकटमा छ।

उसका अधिकांश स्टार खेलाडी घाइते हुँदा उसले कमजोर गरिरहेको छ। ठूलो रकम खर्चेर पनि टिम लिगको मध्य भागमा रहँदा प्रशिक्षक ग्राहम पोर्टर दबाबमा छन्।

आफ्नो अट्याकलाई थप बलियो बनाउन चेल्सीले पोर्चुगिज स्टार जोआओ फेलिसक्स भित्र्याउन लागेको छ। २३ वर्षीय फेलिक्सलाई चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्धन गर्न लागेको हो।

चेल्सीले फेलिक्सलाई सिजनको अन्त्यसम्मका लागि ११ मिलिनयर युरो खर्चिएर भित्र्याउन लागेको हो। चेल्सीले फेलिक्सको स्थानान्तरणका विषयमा केही घण्टाभित्रै औपचारिक घोषणा हुने समाचार एजेन्सीहरुले जनाएका छन्।

फेलिक्स सन् २०१९मा बेन्फिकाबाट १२६ मिलियन युरोमा एट्लेटिको आएका थिए। त्यहाँ उनले १३१ खेलमा ३४ गोल गरेका छन्।

SHARE: