इंग्ल्यान्डका कप्तान जो रुटले टेस्ट क्रिकेटमा एक सय खेल खेल्ने कोसेढुंगाका परा गरेका छन् । चेन्नईमा आजबाट सरु भएको भारतविरुद्ध पहिलो टेस्ट खेलेसँगै रुटले १ सय टेस्ट खेल्ने उपलब्धि हाँसिल गरेका हन् ।
सन् २०१२मा भारतविरुद्ध खेल्दै टेस्टमा डेब्यू गरेका रुटले आफ्नो १ सयौं टेस्ट पनि भारतविरुद्ध नै खेले । रुट वर्तमान सयमका टेस्ट क्रिकेटका उत्कृष्ट ब्याट्सम्यान मध्ये एक हुन् । रुटले १०० टेस्टमा १९ शतक र ४९ अर्धशतक मद्दतमा कुल ८ हजार २५३ रन बनाएका छन् ।
एक सय टेस्टमा ५० भन्दाबढी सर्वाधिक पटक रन बनाउने खेलाडी हुन् रुट । उनले ६८ पटक ५०भन्दा बढी रन बनाएका छन्।
भारत भ्रमणमा रहेको इंग्ल्यान्डले ४ टेस्ट र ३ एकदिवसीय र ५ टि२० खेल खेल्ने छ । चेन्नईमा जारी टेस्टमा इंग्ल्यान्डले पहिला ब्याटिङ गरिरहेको छ । लन्चअघि उसले ६७ रन बनाउँदा २ विकेट गुमाएको छ । रुट ४ र डम सिब्ले २६ रन बनाएर खेलिरहेका छन्।