इंग्ल्यान्डका टेस्ट कप्तान जोय रुटले अष्ट्रेलियाविरुद्धको टि–२० सिरिज गुमाउने भएका छन् । चोटका कारण रुटले अस्ट्रेलियाविरुद्धको तीन खेलको टि–२० सिरिज गुमाउने भएका हुन् ।
इंग्ल्यान्डले घाइते रुटलाई बाहिर राख्दै अस्ट्रेलियाविरुद्धको टि–२० सिरिजका लागि टिम घोषणा गरेको छ । टि–२० सिरिज गुमाए पनि रुटले एकदिवसीय सिरिज भने खेल्ने छन् । यस्तै अलराउन्डर बेन स्टोक्सले दुवै सिरिजन गुमाउने छन् । बुबालाई ब्रेन क्यान्सर भएपछि न्युजिल्यान्ड गएका स्टोक्सले पाकिस्तानसँग टेस्ट सिरिज र टि–२० सिरिज पनि गुमाएका थिए ।
इंग्ल्यानड र अस्ट्रेलियाबीचको टि–२० सिरिज सेप्टेम्बर ४ बाट सुरु भइ सेप्टेम्बर ८मा सकिने छ । सिरिज साउथह्याम्पटनमा हुने छ । यस्तै एकदिवसीय सिरिज भने म्यान्चेस्टरमा ११ सेप्टेम्बरदेखि १६ सेप्टेम्बरसम्म हुने छ । एकदिवसीय र टि–२० टिमको कप्तानी इओन मोर्गनले गर्ने छन् ।
यस्तो छ टिम
टि–२०ः इओन मार्गगन (कप्तान), जोफ्रा आर्चर, मोइन अली, जोनी बेइस्टो, टम बान्टोन, साम विलिंग्स, जोस बट्लर, साम कुरान, टम कुरान, जो डेन्ली, क्रिस जोर्डन, डेविड मलान, अदिल रसिद र मार्क उड ।
एकदिवसीयः इओन मार्गगन (कप्तान), जो रुट, जोफ्रा आर्चर, मोइन अली, जोनी बेइस्टो, टम बान्टोन, साम विलिंग्स, जोस बट्लर, साम कुरान, टम कुरान, क्रिस वोक्स, अदिल रसिद र मार्क उड।