रुटको सानदार प्रदर्शनमा पहिलो इनिङमा इंग्ल्यान्डलाई झिनो अग्रता

कप्तान जो रुटले सानदार प्रदर्शन गरेपछि दोस्रो टेस्टको पहिलो इनिङमा घरेलु टोली इंग्ल्यानडले झिनो अग्रता बनाएको छ। इनिङको अन्त्यसम्म १८० रनमा नटआउट रहेका रुटको प्रदर्शन मद्दतमा इंग्ल्यान्डले पहिलो इनिङमा २७ रनको अग्रता लिएको छ ।

रुटले सो प्रदर्शनमा मद्दतमा पहिलो इनिङमा अलआउट हुँदै इंग्ल्यान्ड ३९१ रनमा अलआउट भयो । यसअघि भारतले पहिलो इनिङमा ३६४ रन बनाएको थियो ।

रुटले भारतविरुद्ध लगातार दोस्रो टेस्टमा शतक बनाए । उनले बराबरीमा सकिएको पहिलो टेस्टमा पनि शतक बनाएका थिए। यो वर्षको पाँचौं शतक पनि हो । उनले नौ घण्टा क्रिजमा बिताउने क्रममा ३ सय २१ बलको सामना गरे ।

यस्तै, उनका अलावा जोनी बेइस्टोले ५७ रन बनाउँदा रोय बुर्नसले ४९ र मोइल अलीले २७ रनको योगदान दिए। भारतका मोहम्मद सिराजले ४, इशान्त शर्माले ३ र मोहम्मद सामीले २ विकेट लिए।

यसअघि भारत पहिलो इनिङमा३६४ रनमा अलआउट भएको थियो। उसका लागि केलएल राहुलले शतकीय योगदान दिए । उनले १२९ रनको योगदान दिए। यस्तै, रोहित शर्माले ८३, कप्तान विराट कोहलीले ४२, रविन्द्र जडेजाले ४० र ऋषव पन्तले ३७ रनको योगदान दिए ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले ५ तथा ओली रोबिन्सन र मार्क उडले समान २ विकेट लिए।