इंग्लिस प्रिमियर लिग च्याम्पियन क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले उपाधिको भोग अझै नमेटिएका बताएका छन् । उनले एक अन्तर्वार्ताका क्रममा आफूलगायत लिभरपुलका सम्पूर्ण खेलाडीमा उपाधिको भोक कायमै रहेको बताएक हुन् ।
सो अन्तर्वार्ताका क्रममा हेन्डरसनले अझै उपाधि जित्न लिभरपुलले अझै मिहिनेत गर्ने बताए । अघिल्लो सिजन च्याम्यिन्स लिग जितेको लिभरपुलले ३० वर्षको पर्खाइपछि यो सिजन प्रिमियर लिग जितेको थियो । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि १८ अंकको अग्रता कायम गरेको थियो ।
लिगमा हेन्डरसनले ३० खेलमात्र खेले । घुँडाको चोटका कारण उनी अधिकांश समय आरामै रहे । उनी आफ्ना खेलाडीलाई अझ राम्रो खेल्न उक्साइरहेका छन् । उनले भनेका छन्, ‘हामी एक अर्को सिजन सुरु गर्दै छौं । हाम्रो प्रदर्शन अझ राम्रो हुनुपर्छ । उपाधिका लागि खेलाडीमा भोक हुनुपर्छ ।’
हेन्डरसले पहिछल्लो दुई सिजन आफूहरु लिभरपुल अब्बल दर्जाको टिम भएको प्रमाणित गरेको बताउँदै जतिसक्दो बढी उपाधि जित्न चाहेको बताए । उनले यो सफलता सबै खेलाडीको समर्पण र कडा मिहिनेतले सम्भव भएको बताए । उनले नयाँ सिजनका लागि निकै उत्साही भएको पनि बताए ।
लिभरपुलले आजै राति कम्युनिटी सिल्डको उपाधिका लागि आर्सनलको सामना गर्दै छ । प्रिमियर लिग र एफए कपको विजताका रुपमा दुवैले कम्युनिटी सिल्डको उपाधिका लागि खेल्न लागेका हुन् ।
सेप्टेम्बर १२मा लिड्स युनाइटेडविरुद्ध खेल्दै योर्गन क्लोपको टिम लिभरपुलले लिगको यात्रा सुरु गर्ने छ । ‘पहिलो खेलमा राम्रो प्रदर्शन आवश्यक हुने गर्छ, किनभने हामीलाई यो सिजन पनि उपाधिहरू जित्नु छ । लिगमा नियमित राम्रो प्रदर्शन आवश्यक हुन्छ,’ हेन्डरसनले भने ।