बुधबारा राति भिल्लारियललाई हराउँदै चेल्सीले युईएफए सुपरकप उपाधि जितेपछि उसका मिडफिल्डर जर्गिन्होले नयाँ उपलब्धि हाँसिल गरे । सुपरकप उपाधिसँगै जर्गिन्हो युईएफका सबै उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी बनेका छन्।
२९ वर्षीय जर्गिन्होले यसैसिजन च्याम्पियन्स लिग र युरोकप उपाधि जितेका थिए। च्याम्पिन्स लिग उनले चेल्सीबाट र युरोकप इटालीबाट जितेका थिए । यस्तै, उनले चेल्सीबाटै उनले सन् २०१९मा युरोपा लिग पनि जितेका थिए ।
जोर्गिन्हो युराेकप र च्याम्पियन्स लिग दुवै उपाधि जित्ने १०औं खेलाडी हुन्। यस्तै, जोर्गिन्हो र इमर्सन पाल्मेरी एकै वर्षमा युरोकप, च्याम्पियन्स लिग र सुपर कप जित्ने पहिलो खेलाडी बने।