°
, June 4, 2023 in
0

झापा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

SHARE:

‘झापा स्पोर्टस् अवार्ड २०७६’को मनोनयन सर्वाजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले विर्तामोडमा एक कार्यक्रम गर्दै चार विधाको उत्कृष्ट तीनको मनोनयन सर्वाजनिक गरेको हो ।

पाल खेलकुद पत्रकार मञ्च झापाले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा फुटबलका अनन्त तामाङ, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ छन् भने तथा महिलातर्फ उसुकी जुनी राई, जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठ छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट युवा खेलाडीको मनोनयनमा फुटबलका रेजिन सुब्बा, जुडोकी मनिता श्रेष्ठ प्रधान, कबड्डीकी अनुजा कुलुङ राई छिन् । उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका प्रवेश कटवाल, करातेका मदन उप्रेती र पौडीका वोङदेन लामा मनोनयनमा परेका छन् ।

वर्ष पुरुण खेलाडीले मोटरसाइकल र वर्ष महिला खेलाडीले स्कुटर प्राप्त गर्ने छन् भने वर्ष युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *