ब्राजिलियन लिजेन्ड जुनिन्होले युवा स्टार सान्तोसका बारेमा भने– उ मभन्दा धेरै उत्कृष्ट हुनेछ

Read Time:1 Minute

इंग्ल्सि क्लब चेल्सीले ब्राजिलिय युवा मिडफिल्डर आन्द्रे सान्तोसलाई अनुबन्धन गरेको छ। चेल्सीले १८ वर्षीय सान्तोसलाई ब्राजिलियन दोस्रो डिभिजन क्लब भास्को डे गामाबाट १२.५ मिलियन युरोमा अनुबन्धन गरेको हो।

सेन्ट्रेल मिडफिल्डमा खेल्ने सान्तोस निकै उत्कृष्ट छन्। उनले गामाबाट ३८ खेल खेल्दै ८ गोल गरेका छन्। उनले ब्राजिलको यू–१६ र यू–२० टिमबाट पनि खेलिसकेका छन्।

१८ वर्षीय यी युवा खेलाडीका सबैभन्दा ठूला प्रसंशक हुन्, ब्राजिलिय लिजेन्ड, जुनिन्हो । गत जुलाईमै जुनिन्होले सान्तोसको प्रसंशा गर्दै भनेका थिए, ‘मैले १८ वर्ष उमेरमा उनी जत्तिको युरोपियन फुबटलका लागि तयार कोही खेलाडी देखेको छैन।’

सान्तोसलाई भित्र्याउन अर्को इंग्लिस क्लब लिभरपुलले पनि चाहेको थियो । तर, उनले भने चेल्सी रोजेका छन्।

जुनिन्हो पनि गामाबाटै स्टार बनेका थिए । त्यहाँबाट उनले सन् १९९५ बाट २००१ सम्म १८८ खेल खेल्दै ३८ गोल गरेका थिए।

सान्तोस चेल्समा आबद्ध भएपछि उनै जुनिन्होले उनको प्रसंशा गरेका छन् । ‘शारीरिक रूपमा ऊ एक जनावर जस्तै छ, प्राविधिक रूपमा ऊ अहिले नै उच्च स्तरमा छ,’ जुनिन्होले भनेका छन्, ‘ऊ म भन्दा राम्रो होइन, धेरै राम्रो हुनेछ।’

Happy
Happy
53 %
Sad
Sad
2 %
Excited
Excited
32 %
Sleepy
Sleepy
2 %
Angry
Angry
2 %
Surprise
Surprise
9 %
Previous post काठमाडौंमाथि पोखराको जित, प्लेफ सम्भावना कायमै
Next post १६२ रनको लक्ष्य पछ्याएको फारवेस्ट ७९ रनमै अलआउट
Close