युरोकप विजेता मिडफिल्डर म्यानुअल लोकाटेलीलाई युभेन्टसले अनुबन्धन गरेको छ। युभेन्टसले लोकाटेलीलाई ३५ मिलियन युरोपमा अनुबन्धन गरेको हो ।
२३ वर्षीय मिडफिल्डर लोकाटेलीको स्थानान्तरणको औपचारिक घोषण भने भइसकेको छैन । प्रसिद्ध खेलपत्रकार फ्राबिजियो रोनामाले युभेन्टसले लोकाटेलीसँग सम्झौता गरिसकेको बताएका छन्। केही दिनमै औपचारिक घोषणा हुनेछ।
रोमानोका अनुसार लोकाटेलीले युभेन्टससँग ५ वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२६ सम्म युभेन्टसमा रहने छन्।
लोकाटेली सन् २०१९मा ११ मिलियन युरोमा एसी मिलानबाट ससुओलो आएका थिए । सन् २०१८मा लोनमा ससुओलोमा बिताएपछि उसले स्थायी स्थानान्तण गरेको थियो । ससुओलोबाट उनले ९९ खेल खेल्दै ७ गोल गरेका छन्। उनले एसी मिलानबाट ६३ खेल खेल्दै २ गोल गरेका छन्।
लोकाटेलीले इटालीका लागि १५ खेल खेल्दै ३ गोल गरेका छन्।