डिफेन्डिङ च्याम्पियन युभेन्टस इटालियन सिरि एमा गोलरसहित बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्टसले फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो । सिरि एमा युभेन्टसले २ जित र १ बराबरी खेलेको छ ।
प्रशिक्षक माउरिसियो सारी पहिलो पटक टच लाइनमा देखिएका थिए । बिरामी भएका कारण सारी यसअघिका दुई खेलमा टच लाइनमा देखिएका थिएनन् । सारी यस सिजन चेल्सी छाड्दै युभेन्टस आएका हुन् ।
फियोरेन्टिनाको मैदानमा भएको खेलमा युभेन्टसले ५४ प्रतिशत बल पोजेशन बनाएको थियो । उसले फियोरेन्टिनाको पोस्टमा ८ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो । यता, फियोरेन्टिनाले १८ सट प्रहार गर्दा ५ सट फ्रेममा थियो ।
दुवै टिमले गोलका केही राम्रो अवसर खेर फालेका थिए । टिम दुवै टिमका गोलकिपरले केही राम्रां बचाउ गरेपछि खेल बराबरीमा सकिएको हो ।
इन्टर नेशनल ब्रेक्रमा उत्कृष्ट प्रदर्शन गरे पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फियोरेन्टिनाविरुद्ध भने फिक्का देखिए । उनलाई फियोरेन्टिनाका डिफेन्डरले खुलेर खेल्ने दिएनन् ।