इटालियन सिरी एमा युभेन्टस विजयी भएको छ । आइतबार राति भएको खेलमा युवा स्ट्राइकर मोइस किनको निर्णायक गोल मद्दतमा युभेन्टसले रोमालाई १–०ले हरायो।
१६ औं मिनेटमा गोल किनले युभेन्ट्सलाई अग्रता दिलाए । उनले रोड्रिगो बेन्टानकुरको पासमा गोल गरेका थिए।
४४ औं मिनेटमा रोमाले बराबरीको अवसर पायो । तर, उसका जोर्डन भेरेटआउटले पेनाल्टीमा गोल गर्न असफल रहे। उनको पेनाल्टी युभेन्टसका किपर सेजेनीले रोकेका थिए।
युभेन्टस ८ खेलमा १४ अंकसहित सातौं स्थानमा छ भने रोमा १५ अंक जोडेर चौंथो स्थानमा छ ।