युभेन्टसले भित्र्यायो ब्राजिलियन युवा स्ट्राइकर

इटालिनय जाइन्ट युभेन्टसले ब्राजिलियन युवा स्ट्राइकर काइ जोर्गेलाई अनुबन्धन गरेको छ। युभेन्टसले १९ वर्षीय स्ट्राइकर जोर्गेलाई ब्राजिलिन क्लब सान्तोषबाट ३ मिलियन युरोमा अनबुन्धन गरेको हो।

यही डिसेम्बरमा क्लबसँगको सम्झौता सकिन लागेपछि सन्तोषले जोर्गेलाई समर ट्रान्सफरमै बेचेको हो। युभेन्टसले अर्को वर्ष बोनस स्वरुप सान्तोषसलाई थप १ मिलियन दिने छ भने जोर्गे युभेन्टस छाडेर अर्को क्लब गए ट्रान्फर रकमका ५ प्रतिशत पनि सान्तोषले पाउने छ।

जोर्गेले युभेन्टससँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी युभेन्टसमा सन् २०२६ सम्म रहेन छन्। युभेन्टसले युवा स्ट्राइकर जोर्गेलाई २१ नम्बरको जर्सी दिएको छ।

जोर्गे सान्तोषको एकडेमीका उत्पादन हुन्। ब्राजिलका लागि उमेर समूहका प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका उनलाई नेक्ट नेमार पनि भन्ने गरिन्छ । उनी १० वर्षको उमेरमा सान्तोषमा आबद्ध भएका थिए ।

जोर्गेले सान्तोषको सिनियर टिमबाट ८४ खेल खेल्दै १७ गोल गरेका छन् । सन् २०१९मा फिफा यू–१७ विश्वकप जित्दा उनी ब्राजिलियन टिमका मुख्य खेलाडी थिए। उनले यू१७ टिमबाट ११ खेल खेल्दै ७ गोल गरेका छन्।