पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको आराम दिइएको खेलमा सिरि ए च्याम्पियन युभेन्टस पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्टसमा साम्प्डोरियसँग २–० ले पराजित भयो ।
सात खेल आगावै लिग च्याम्पियन बनिसकेको युभेन्टसले हारका साथ लिगको अन्त्य गरेको छ । रोनाल्डोविना मैदान उत्रिएको युभेन्टसले अन्तिम ७ मिनेट सम्हालिन नसक्दा पराजित हुन बाध्य भयो ।
रोनाल्डोको अनुपस्थितिमा मोइस केइनले युभेन्टसको अग्रपंक्ति सम्हालेका थिए । प्रतिस्पर्धात्मक खेल बराबरी तर्फ अग्रसर भइरहेको बेलामा खेलको ८४ औं मिनेटमा जर्जियोरे डेफ्रिलले गोल गर्दै साम्प्डोरियलाई सुरुवाती अग्रता दिलाए ।
घरेलु मैदानमा सम्प्डोरियले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्र्दै अग्रता दोब्बर बनायो । उसका जिन्लुका काप्रारीलो गोल गरेका थिए ।
खेलमा साम्प्डोरिअले ५४ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले युभेन्टसको पोस्टमा १५ सट प्रहार गरेका्े थियो, जसमध्ये ३ सट फ्रेममा थियो । यता, युभेन्टसले भने ११ सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा प्रहार गर्न सक्यो ।
इन्टर च्याम्पियन्स लिगमा, इम्पोली रेलिगेसनमा
सिरि एको अन्तिम खेल इन्टर मिलान र इम्पोली दुवैको लागि निकै महत्वपूर्ण थियो । पुछारको इम्पोलीविरुद्ध २–१ को कठीन जित निकाल्दै इन्टर च्याम्पियन्स लिगका लागि छनोट भयो । यता, इन्टरसँग पारजित इम्पोली भने जिनोअसँग गोलअन्तरमा पछाडि रहँदै रेलिगेशनमा परेको छ ।
यति इम्पोली विजयी भएको भए ऊ रेलिगेशनबाट बच्थ्यो भने इन्टर च्याम्पियन्स लिगमा छनोट हुन असफल हुने थियो । यस्तो अवस्थामा एसी मिलान चौथो बन्दै च्याम्पियन्स लिगमा छनोट हुने थियो भने जिनोअ रेलिगेशनमा पर्ने थियो ।
यसैगरी इटालियन सिरि एबाट युभेन्टस, नेपोली, एट्लान्टा र इन्टर मिलान च्याम्पियन्स लिगका लागि छनोट भए । एसी मिलान युरोपा लिगका लागि छनोट हुँदा एएस रोमाले भने युरोपा लिगको छनोट खेल्ने छ । यस्तै, इम्पोलीसँगै फ्रोसिनोन र चिभो भने रेलिगेशनमा परे ।