°
, June 1, 2023 in
0

युभेन्टसबाट हिगुयनको बहिर्गमन, डिबालाले नछोड्ने

SHARE:

इटालियन क्लब युभेन्टसका फवार्ड गोन्जालो हिगुयनले क्बल छोड्ने भएका छन्। नवनियुक्त प्रशिक्षक आन्द्रे पिर्लोले क्लबका अर्जेन्टिनी फरवार्ड हिगुयनले यो समरमा क्लब छाड्ने पक्का भएको बताएका छन्।

दुई साताअघि मात्रै सिरि ए च्याम्यिन युभेन्टस सम्हालेका ४१ वर्षे पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा हिगुआइनले क्लब छाड्ने र अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला क्लबमै रहेको बताएका हुन् । ‘उनी च्याम्पियन र महान् खेलाडी हुन् । तर, यहाँ उनको समय सकिएको छ,’ पिर्लोले भनेका छन्।

हिगुयन २०१६ मा इटालियन क्लब नेपोलीबाट ७५ मिलियन पाउन्डमा युभेन्टसमा अनुबन्ध भएका थिए। उनी युभेन्ट्सका तेस्रा महँगा खेलाडी समेत हुन्। उनले स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानबाट समेत खेलिसकेका छन् । हिगुयनले युभेन्ट्सका लागि १ सय ४९ खेलमा ६६ गोल गरेका छन् ।

यसैगरी प्रशिक्षक पिर्लोले अर्का अन्र्जेन्टाइन विंगर डिबालालाई सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पार्टनरको रुपमा राख्न चाहेका छन् । पिर्लोले आफू सहि समयमा क्लबको प्रशिक्षक बनेको समेत जनाएका छन् ।

खेलाडीको रुपमा युभेन्टसका लागि ४ पटक लिग जितेका पिर्लो जुलाईको अन्त्यमा यू–२३ टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए । तर त्यसको एक साता नबित्दै उनलाई सिनियर टोलीको जिम्मेवारी दिइयो । च्याम्पियन्स लिगमा लियोनसँग पराजित भएपछि क्लबले माउरिजियो सार्रीलाई बर्खास्त गरेको थियो।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *