°
, June 1, 2023 in

तनावपूर्ण खेलमा युभेन्ट्स र इन्टरले खेले बराबरी

SHARE:

कोपा इटालियाको सेमिफाइनलमा युभेन्ट्स र इन्टर मिलानले १–१ गोलको बराबरी खेलेका छन्।

तीन खेलाडीले रातो कार्ड खाएको तनावपूर्ण खेलमा इन्जुरी समयको पाचौं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई हारबाट जोगाएका थिए।

खेलमा जुआन क्वाड्राडोले ८३औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। तर इन्जुरी टाइमको पाँचौ मिनेटमा ग्लेसन ब्रेमरले ह्यान्डबल गरेपछि इन्टरलाई पेनाल्टी दिइएको थियो। जसमा लुकाकुले बराबरी गोल गर्न सफल भए।

गोल गरेलगत्तै लुकाकुले रातो कार्ड पाएका थिए।

त्यसपछि इन्जुरी समयको नवौं मिनेटमा इन्टरका कप्तान ह्यान्डानोभिक र युभेन्ट्स क्वाड्राडोले पनि रातो कार्ड पाएका थिए । खेल सकिएपछि झगडा गरेका कारण दुवै ले रातो कार्डा पाए।

अब सेमिफाइनलको दोस्रो लेग २७ अप्रिलमा हुनेछ।

SHARE: