पिटर्सबर्गसँग रोकियो चेल्सी, यभेन्टस समूह विजेता

डिफेन्डिङ च्याम्पिय चेल्सी च्याम्यिन्स लिगको समूह चरणको अन्तिम खेलमा जेनिथ सेन्ट पिटर्सबर्गसँग बरारबीमा रोकिएको छ । चेल्सी बराबरीमा रोकिँदा युभेन्टस समूह एचको विजेता बन्यो ।

समूह चरणको अन्तिम खेलमा चेल्सी पिटर्सबर्गसँग ३–३ गोलको बराबरीमा रोकिदाँ युभेन्टसले माल्मोमाथि १–०को जित निकाल्यो ।

चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाँडेको हो। चेल्सीका लागि टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे। जेनिथका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे। पिटर्सवर्गमा बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियो।

त्यसपछि क्लाउडिनोले २८औं र सरदारले ४१औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए। ६२औं मिनेटमा लुकाकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८५औं मिनेटमा वेर्नरले दोस्रो गोल गर्दै चेल्सीलाई ३–२ ले अघि बढाए। इन्ज्युरी समयको अन्तिमतिर मागोमेड ओज्डोइभले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए।

घरेलु मैदानमा युभेन्टसले स्वीडिस क्लब माल्मोलाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो। युभेन्टसको जितमा मोइस किनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।

यो जितसँगै समूह विजेता बनेको युभेन्ट्सले ६ खेलबाट १५ अंक जोड्यो। पराजित माल्मो १ अंक जोडेर पुछारमा रह्यो। बराबरीसँगै चेल्सी ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा रह्यो। जेनिथ ५ अंक जोडेर तेस्रोमा नै रह्यो।