रोनाल्डोले २ गोल गर्दा युभेन्ट्स विजयी

Read Time:2 Minute

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि इटालियन सिरि एमा युभेन्ट्स विजयी भएको छ । शनिबार राति भएको खेलमा रोनाल्डेको दुई गोल मद्दतमा युभेन्ट्सले काग्लियारीलाई २–०ले हरायो ।

खेलको ३८ औं मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन ३ मिनेट बाँकी छँदा रोनाल्डोले पुनः गोल गर्दै युभेन्ट्सको अग्रता पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफ सकिन तीन मिनेट अघि दोस्रो गोल थपेका थिए । सोही गोल युभेन्ट्सलाई सिरि ए फुटबलमा सहज जित निकाल्न पर्याप्त बन्यो ।

जितसँगै युभेन्ट्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले एसी मिलान लगत्तै आफुलाई दोस्रो स्थानमा राखेको हो । रोनाल्डोले मिलानका ज्लाटन इब्राहिमोविचको यस सिजनको सर्वाधिक ८ गोलको संख्यालाई समेत बराबरी गरेका छन् ।

शीर्ष ५ क्लब मध्य युभेन्ट्सले एक खेल बढी खेलेको छ । सोही कारण युभेन्ट्स अस्थायी रुपमा मात्र दोस्रो स्थानमा उक्लिएको हो । युभेन्ट्सले चार खेलमा जित र चारमा बराबरीको नतिजा निकालेको छ । युभेन्ट्स यस सिजन सिरि एमा अपराजित छ । शनिबार नै भएको खेलमा लाजियोले क्रोटोनीलाई २–० ले हरायो । एटलान्टाले स्पेजियासँग गोल रहित बराबरी खेल्दै अंक बाँड्यो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

5 thoughts on “रोनाल्डोले २ गोल गर्दा युभेन्ट्स विजयी

  1. Hello there, I found your blog via Google whilst searching for a comparable matter, your web site came up, it looks good. I’ve bookmarked it in my google bookmarks.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post म्यान्चेस्टर सिटीलाई हराउँदै टोटनह्याम शीर्ष स्थानमा
Next post नेपाली क्रिकेटरको कोरोना परीक्षण आज हुने
Close