इटालियन जाइन्ट युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा युभेन्टस स्पेनिस क्लब भिल्लारियलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
युभेन्टस खेलको पहिलो मिनेटमै अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा रोकियो। युभेन्ट्सका लागि डुसान भ्लाहोभिचले गोल गर्दा भिल्लारियलका ड्यानियल पारेजोले बराबरी गोल फर्काए।
भिल्लारियलमा मंगलबार राति सम्पन्न खेलको १ मिनेट नहुँदै डुसान भ्लाहोभिचको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो। डानिलोको पासमा भ्लाहोभिचले च्याम्पियन्स लिगमा डेब्यु गोल गरेका हुन्।
खेलको ६६औं मिनेटमा ड्यानिलय पारेजोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले इटिनी कापोविको पासमा गोल गरेका थिए।
बराबरीसँग दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ। युभेन्ट्सलाई अवे गोलको फाइदा हुनेछ। दोस्रो लेगमा यही नतिजा कायम रहे युभेन्ट्स क्वाटरफाइनलमा पुग्नेछ। भिल्लालाई कम्तीमा १–० को जितको खाँचो छ। दोस्रो लेग युभेन्ट्सको मैदानमा १७ मार्चमा हुँदैछ।