ओलम्पिकामा कल्पनाले बनाइन राष्ट्रिय कीर्तिमान

नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोक्यो ओलम्पिमा राष्ट्रिय कीर्तिमानमा बनाएकी छिन्। शनिबार भएको महिला १० मिटर एअर राइफलको छनोट चरणमा ६१६.८ स्कोर गर्दै कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले महिला १० मिटर एयर राइफलमा ६१६.८ अंक जोड्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । तर कुल ५० खेलाडी मध्ये ४६औं स्थानमा रहँदै उनी पहिलो चरणबाटै बाहिरिइन् ।

उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग( २०१९ मा आफैंले बनाएको ६१४.५ अंकको राष्ट्रिय कीर्तिमानलाई असाका सुटिङ रेन्जमा सुधार गरेकी हुन् ।

कल्पनाले पहिलो सिरिजमा १०.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१, चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरिन् । अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरेकी उनले १००.७ स्कोर गरिन् ।

यो स्पर्धामा कम्तीमा ६२८.५ अंक जोडेका शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।
कल्पना वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन् ।

Facebook Comments Box