
राखेपको कार्यकारी सदस्य सचिवमा पोखरेल
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी सदस्य सचिवको जिम्मा कमलप्रसाद पोखरेलले पाएका छन् । मन्त्रिपरियादको निर्णय अनुसार खेलकुद मन्त्री महेश्वराज गहतराजले मन्त्रालयका सह–सचिव पोखरेललाई कार्यकारी सदस्यसचिवको जिम्मा दिएका हुन्
सदस्य सचिवको अनुपस्थितीमा पोखरेललाई प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार मन्त्रालयले दिएको छ ।
राखेपको सदस्य सचिवको विवाद सर्वोच्च अदालतमा प्रवेश गरेसँगै सिंगो खेलकुद प्रभावित बनेको थियो । सदस्य सचिव नहुँदा राखेपको सम्पुर्ण आर्थिक तथा प्रशासनीक काम रोकिएको थियो ।
सरकारले खेलकुदमा देखिएको गतिरोध हटाउन मन्त्रीपरिषद्मार्फत निर्णय गराएर राखेपको कार्यवहाकको जिम्मेवारी मन्त्रालयका सह–सचिवलाई पोखरेललाई दिएको हो ।
नयाँ सरकार आएसँगै पदमुक्त गरिएका सदस्य सचिव रमेशकुमार सिलवाल अदालत गएसँगै राखेपमा विवाद सिर्जना भएको थियो ।