°
, June 4, 2023 in

कीर्तिमानी करण भन्छन्– यस्तै कीतिमान बानाउ पाइरहूँ

SHARE:

टियू मैदानमा जारी त्रिकोणात्मक टि–२० सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपाललाई सानदार जित दिलाउने क्रममा नेपाली फास्ट बलर करण केसीले कीर्तिमानी प्रर्दशन गरेछ। नेपाल ३७ रनले विजयी भएको सो खेलमा करणले ह्याट्रिकसहित ५ विकेट लिए।

योसँगै उनले नेपाली क्रिकेटमा थुप्रै कीर्तिमान बनाए । उनी टि–२० आईमा नेपालका लागि ह्याट्रिक लिने बलर बने भने टि–२० आईमा नेपालका लागि उत्कृष्ट बलिङ स्पेल पनि गरे । यही खेल मार्फत करणले टि–२० अन्तर्राष्ट्रियमा ५० विकेटको कोसेढुंगा पनि पार गरे । ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका करणको पनि जीवनकै उत्कृष्ट प्रदर्शन हो।

खेलपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै करणले यो प्रदर्शन आफ्ना लागि विशेष रहेको बताए। ‘मेरो लागि यो ह्याट्रिक अनि ५ विकेट विशेष हो। टि–२० अन्तर्राष्ट्रियमा यो मेरो उत्कृष्ट बलिङ हो,’ कराणले भने, ‘खुसी लागिरहेको छ। भविष्यमा अझै यस्तै उत्कृष्ट प्रदशृन गर्न पाइरहूँ । अझै चार–पाँच वटा ह्याट्रिक गर्ने प्रयास गर्छु ।’

ह्याट्रिक बलमा नेपाल फिल्डिङमा केन्द्रित भएको करणले बताए । उनले भने, ‘सबैले फिल्डिङ प्लान नै गरिरहेका थिए। मैले पनि ब्याट्सम्यानले डिफेन्स गर्छन् होला भनेर सोचिरहेको थिएँ। स्लो बल फालौं भन्ने थियो। तर, डिफेन्ड गरेनन्, सर्ट खेले र बाउन्ड्रीमा क्याच भए।’

ह्याट्रिक बलमा पिएजनीका ब्याट्सम्यानले सट हान्ने वित्तिकै करणले खुसी मनाउन सुरु गरिसकेका थिए । आउट हुनुअघि नै सेलिब्रेसन किन भन्ने प्रश्नमा उनले भने, ‘किनभने फिल्डर दीपेन्द्र थिए, अरु कोही भएको भए कुर्थें होला। तर दिप्पी भएर चाँडै सेलिब्रेट गरेँ, उसले क्याच लिनेमा पूर्ण विश्वस्त थिएँ।’

५० विकेट पार गरेका करणले भविष्य अरू रेकर्ड पनि बनाउने बताए। ‘५० विकेट लिन्छु भन्ने केही सोचेको थिएन। क्रिकेट खेल्ने हो, जहाँसम्म पुगिन्छ पुगिन्छ भन्ने लागेको थियो। भविष्यमा कति रेकर्ड बन्छ, कति भंग हुन्छ,’ उनले भने।

SHARE: