°
, May 30, 2023 in

करणसहित चार क्रिकेटरलाई भूपू खेलाडीको सम्मान

SHARE:

क्रिकेटर करण केसीसहित चार क्रिकेटरलाई भूतपूर्व खेलाडी मञ्च पोखराले सम्मान गरेको छ। मञ्चले राष्ट्रिय टिमका अलराउन्डर करणसहित यु–१९ टिमका सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई मंगलबार नगदसहित सम्मान गरेको हो।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका बागलुङका करणसँगै यु–१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई सम्मान गरेको हो ।

आईसीसी विश्वकप लिग २ का खेलमा केसीले कुल ५० विकेट लिँदै सानदार प्रर्दशन गरेका थिए । उनलाई मञ्चले २० हजार रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु–१९ का ३ जना खेलाडीलाई मञ्चले जनही ५ हजारका दरले नगदसहित सम्मान गरेको हो ।

सम्मान पाएपछि करणले आफूहरुले प्रतियोगिताका दौरान धेरै मेहनत गरेको र त्यसैको प्रतिफल पाएको सुनाए । उनले यस्तो माया, सम्मान भइरहने हो भने अझै धेरै ऊर्जा जाग्ने बताए ।

सोही अवसरमा पोखरा क्रिकेट एकेडेमीले पनि खेलाडीलाई सम्मान गरेको थियो । एकेडेमीले ४ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँका दरले सम्मान गरेको हो ।

SHARE: