°
, June 4, 2023 in
मार्सल आर्टसमाचार

मानसिंह डोजोलाई उपाधि

SHARE:

मानसिंह डोजोले प्रथम टोखा मेयर कप कराते प्रतियोगिताको उपाधि जितेको छ। ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै मानसिंह टिम च्याम्पियन बन्यो।

भृकुटि डोजो ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ दोश्रो भयो। तेश्रो स्थानको वादोरियोले ४ स्वर्ण, १ रजत र १ कांस्य हात पार्‍यो।

पुरुषमा गोंगबुका आयुश राई तथा महिलामा मनमैजुकी प्रतीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए। पुरुषमा भृकुटिका आयुश अधिकारी तथा महिलामा निर्मल वाटिकाकी निमिशा लामा उदीयमान खेलाडी चुनिए।

मनमैजु अनुशासित टिम ठहरियो। विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

SHARE: