च्याम्पियन कराते टिमलाई सदस्य सचिव दिए बधाई

Read Time:2 Minute

३१औं खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको नेपाली कराते टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बधाइ दिएका छन्।

त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफलताका लागि बधाइ दिएका हुन्।

भारतको कोलकातामा पुस २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बन्न सफल भएको नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव श्याम शेर्पाले जनाएका छन्।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ राष्ट्रका करिब ७ सय खेलाडी सहभागी थिए । महासचिव शेर्पाका अनुसार बंगलादेश दोश्रो तथा भारत तेश्रो भए।

सफल महर्जन, अभिषेक थिङ तामाङ, प्रदीप राई, विप्लव खड्का, प्रशान्त घले, अभिषेक तामाङ, अतित विक, आयुश लामा, रन्जित तामाङ, सुरज सुवेदी, अनिश पौडेल, निश्चल गोले, राजवीर चौधरी, सम्योक सेन्चुरी, सन्जिव तामाङ, नैना मानन्धर, सन्जना भुजेल, प्रवीका मानन्धर, समृद्धि थापा, श्रेया तामाङ र एन्जेला डंगोलले नेपाललाई स्वर्ण दिलाए।

अदिप लिम्बू, रोचक महर्जन, निश्चल सुनुवार, मविन बुढा मगर, मनोज घलान, कृतिश मानन्धर, सुमित धिमाल, आयुशा महर्जन, निर्भाना महर्जन, विभा पौडेल, आयुष्मा विष्ट र रोजिना योञ्जनले रजत जिते । प्रतियोगितामा नेपालबाट ५७ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कोपा डेल रेको क्वार्टरफाइनलमा रियल र एट्लेटिको भिड्ने
Next post विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिपमा भारतीय जोडीलाई हराउँदै नेपाली जोडी फाइनलमा
Close