कराते टोली बंगलादेश प्रस्थान

Read Time:1 Minute

चौथो अन्तराष्ट्रिय करातेमा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ। प्रतियोगिता बंगलादेशमा जनवरी १३ देखि सुरु हुनेछ।

बंगलादेश गएको नेपाली टिमको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपांगीले गरेका छन्। टिम व्यवस्थापकमा राजेन्द्रकुमार क्षेत्री, प्रशिक्षकमा रामकुमार थारु, रेफ्रीमा साईला गमाल र अफिसियलमा पुष्पराज गिरी छन् ।

खेलाडीहरुमा राजनकुमार पाईजा, लक्ष्मण पुन, बिजल पाईजा, गणेश पाईजा, सिताराम लामा, अमृत लामा, तेजिन्द्र पाईजा, मन्दिप खड्का, देवकुमार तामाङ, श्री किशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्का छन्।

टोलीलाई नेपाल कराते महासंघका कार्यवाहक दावा गुरुङले एक कार्यक्रमबीच बिदाई गरे । टोली सोमबार स्वदेश फर्कनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एम्बाप्पे बन्लान् फ्रान्सको कप्तान?
Next post साविचसँग मैदानमा ‘रेस्लिङ’ खेलेका बार्सा स्ट्राइकर टोरेस प्रतिबन्धमा
Close