नेपालका सुमन थापा मगर र इशान सापकोटाले राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस, कोलकाता ब्रान्चेस) मा स्वर्ण जितेका छन्।
पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाएका छन्।
भारतको कोलकातामा डिसेम्बर १७ देखि १८ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि शेख रिजवानले रजत तथा ४५ केजीमुनि प्रवेश गुरुङले कांस्य र कातामा सुशान्त सापकोटाले कांस्य जिते।
टोलीको प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा रहेका छन्।