सेक्स टेप सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा फ्रान्स तथा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमा दोषी ठहर भएका छन् । फ्रान्सको एक अदालतले उनलाई एक वर्ष निलम्बित जेल र ७५ हजार युरो जरिवानाको सजाय सुनाइएको छ।
बेन्जिमाले जेल भने बस्नु पर्दैन। तर, अदातलले तोकेको विभिन्न नियम भने पालना गर्नुपर्छ।
म्याथ्यू भाल्बुएना लगायतका खेलाडीलाई ब्लाकमेल गरेको आरोपमा बेन्जिमासहित पाँच जनामाथि मुद्दा चलाइएको थियो ।
यो २०१५ जुनको घटना हो, जतिबेला बेन्जिमा र म्याथ्यू दुबै फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षणमा थिए । बेन्जिमाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । त्यो घटनापछि फ्रान्सको राष्ट्रिय टोलीबाट समेत बाहिर भएका बेन्जिमाले हालै मात्र पुनरागमन गरेका थिए ।