°
, June 1, 2023 in

रोमाञ्चक खेलमा बेन्जिमाको ह्याट्रिक, पिएसजीलाई हराउँदै रियल अन्तिम ८मा

SHARE:

रोमाञ्चक बनेको खेलमा फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले ह्याट्रिक गरेपछि स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै रियलले पिएसजीमाथि ३–१को जित निकाल्यो ।

पहिलो लेगमा १–०को हार बेहोरोको रियल दोस्रो लेगको सुरुआतमै गोल खाएपछि दबाबमा परेको थियो । तर, दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको रियलले तीन गोल गर्दै अन्तिम ८को यात्रा निश्चित ग¥यो।

खेलको ३९औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। उनले नेयमारको पासमा गोल गरेका थिए।

एक गोलले पछि रहेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो। त्यसमा १७ मिनेट अन्तरमा बेन्जिमाले ह्याट्रिक गरे। ६१औं मिनेटमा बेनिजमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। भिनिसियस जुनियरले दिएको पासमा उनले गोल गरेका थिए।

७६औं मिनेटमा बेन्जिमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। त्यसको दुई मिनेटमा पछि नै बेन्जेमा ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ को पुनरागमन जित दिलाए।

योसँगै बेन्जिमा च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी पनि बने। उनले ३४ वर्ष ८० दिनको उमेरमा ह्याट्रिक प्रहार गरेका हुन्। उनको च्याम्पियन्स लिगमा तेस्रो ह्याट्रिक हो।

SHARE: