कर्ण लिम्बू च्यासलमा आबद्ध

घरेलु फुटबलका चर्चित स्ट्राइकर कर्ण लिम्बूले जारी ए डिभिजन लिग खेल्ने भएका छन्। जारी ए डिभिजन लिगका लागि कर्ण च्यासल युथ क्लबमा आबद्ध भएका छन्।

च्यासल युथ क्लबका सहायक प्रशिक्षक आशिक थापामगरले कर्णलाई टिममा अनुबन्ध गरिएको बताएका छन्। ४ चरणको खेल सकिँदा टिममा स्ट्राइकरको कमी महसुस भएको र त्यसको परिपूर्ति गर्न कर्णलाई अनुबन्धन गरिएको उनले बताए।

घरेलु फुटबलका अनुभवी र छरिता स्ट्राइकर कर्णले अघिल्लो सिजन संकटाबाट खेलेका थिए । उलने हिमालयन शेर्पा, जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबाट पनि खेलेका छ्न् । उनले राष्ट्रिय लिग झापा ११ बाट खेलेका थिए।