°
, May 29, 2023 in

आइपिएलमा राजस्थानमाथि बैंग्लोरको जित

SHARE:

जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलका २ सय माथि स्कोर डिफेन्ड गर्न नसकेको बैंग्लोरले त्यसपछि लगातार दुई खेल जितेको हो। लगातार दोस्रो जित निकाल्ने क्रममा बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १७० रनको लक्ष्य बैंग्लोरले १९.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। उसका लागि विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले २३ बलमा अविजित ४४ रन बनाउँदा सहवाज अहमदले २६ बलमा ४५ रन बनाए।

यस्तै, कप्तान फाफ डु प्लेसिस २९ र अनुज रावतले २६ रन बनाए। राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए। चहलले ४ ओभरमा १५ रन खर्चिँदा बोल्टले ४ ओभरमा ३२ रन खर्चिएश्र

वानखेडे स्टेडियम पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। अन्तिम २ ओभरमा जोस बट्लरले आक्रामक ब्याटिङ गर्दै ४१ रन बनाएपछि राजस्थानले मध्यम योगफल बनाएको थियो।

जस बटलरले ४७ बलमा ६ छक्का प्रहार गर्दै अविजित ७० रन बनाए। यस्तै, सिमरन हेटमेयरले ४१ रन बनाउँदा देवदत्त पाडिकलले ३७ रन बनाए । बैंग्लोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए ।

SHARE: