°
, June 7, 2023 in

विराटनगरमाथि काठमाडाैंकाे जित

SHARE:

नेपाल टी–२० लिगअन्तर्गत मंगलबारको खेलमा काठमाडौं नाइट्स विजयी भएको छ । टीयू मैदानमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको हो ।

यो जितसँगै सात खेलमा आठ अंक जोडेको काठमाडौं तेस्रो स्थान रहेको छ भने विराटनगर समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा छ । काठमाडौंले प्रस्तुत गरेको ९३ रनको लक्ष्यसामु विराटनगरले ८.५ ओभरमा ५८ रनमा समेटियो ।

खेल हुनेरनहुने विवादपछि दुई घण्टा ढिलो सुरु भएपछि ९ ओभरमा झारिएको थियो । निर्धारित समयअनुसार टस बिहान साढे ८ बजे हुनुपर्ने थियो ।

विराटनगरका लागि गौरान्सु शर्माले २२ रन बनाए । यसअघि टस जितेर ब्याटिङ राजेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाउँदै ९२ रनको स्कोर तयार पारेको थियो।

काठमाडौंका लागि सन्दीप रजालीले २२ बलमा समान दुई चौका र छक्का मद्दतले नटआउट रहेर सर्वाधिक ३२ रन बनाए ।

SHARE: