आयोजक वेपत्ता भएपछि विराटनगर र काठमाडौंबीचको खेल अन्याेलमा

Read Time:1 Minute

नेपाल टी–२० लिग अन्तर्गत आज बिहानका लागि तय भएको काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल अन्याेलमा परेकाे छ।

प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस् वेपत्ता भएपछि काठमाडौं र विराटनगरबीचको अन्य अन्याेलमा परेको हो।

६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक पाएका छैनन्। प्रतियोगिता खेलिरहेका विदेशी खेलाडीहरुले पारिश्रमिकका लागि सोमबारसम्मको समयसीमा दिएका थिए।

नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक टोलीले टसका लागि टिम लिस्ट बुझाउन जाँदा दुवै टिमलाई ‘हाम्रा आन्तरिक विषय छन् । लिस्ट लिन्नौं’ भनेपछि टस भएकाे छैन।

आयोजक भागेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरिहेको नेपाल टि–२० लिग नै रद्द हुनेस्थितिमा पुगेको छ।

काठमाडौं, विराटनगरसहित जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले लिगका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि कुनै पारिश्रमिक पाएका छैनन्।

Happy
Happy
14 %
Sad
Sad
41 %
Excited
Excited
3 %
Sleepy
Sleepy
3 %
Angry
Angry
31 %
Surprise
Surprise
8 %
Previous post साउदी पुगे रोनाल्डो, स्वागतमा आज भव्य कार्यक्रम गरिने
Next post फिफा अध्यक्षले भने– सबै देशले कम्तिमा एउटा रंगशालाकाे नाम पेले राखौं
Close