°
, May 29, 2023 in
भलिबलसमाचार

काभा महिला भलिबल : फाइनल प्रवेशका लागि काजकिस्तानसँगै खेल्दै नेपाल

SHARE:

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले आज फाइनल प्रवेशका काजकिस्तानको सामान गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ।

नेपाल समूह एको उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो भने काजकिस्तान समूह बीको विजेता विजेताका रुपमा सेमिफाइनल पुगेको हो।

समूह एको उपविजेता बनेको नेपालले ३ मध्ये २ खेले जितेको थियो । नेपालले कीर्गिस्तान र बंगलादेशलाई ३–०को सोझो सेटमा हराउँदा भारतसँग भने ३–१ले पराजित भएको थियो।

यता, समूह बीको विजेता बनेको काजकिस्तानले समूहका तीनै खेल जितेको थियो । उसले माल्दिभ्समाथि ३–०को जित निकाल्दा श्रीलंका र उज्वेकिस्तानलाई ३–१ले हराएको थियो।

काजकिस्तान प्रतियोगिताको सबैभन्दा बलियो टिम हो, र ऊ उपाधिको प्रवल दाबेदार हो । यता, नेपाली महिला टिम उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । त्यसका लागि युवा टिमले भरिएको काजकिस्तान बाधक बन्न सक्छ।

नेपाल र काजखस्तान खेल्नुअघि भारतले पहिलो सेमिफाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । भारत अपराजित हरँदै समूह ‘ए’ को विजेता बन्दा उज्वेकिस्तान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।

SHARE: