राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तान विजयी भएको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएको खेलमा भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को साझो सेटमा हरायो। कीर्गिस्तानले पहिलो सेट २५–२०, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१५ ले जित्यो।
जितका बाजुद कीर्गिस्तान समूह चरणबाटै बाहिरिएको छ। समूह बीबाट काजकिस्तान विजेता उज्वेकिस्तान उपविजेताका रुपमा सेमिफाइनल पुगेका छन्।
सेमिफाइनल खेल शुक्रबार हुने छ। सेमिफाइनलमा नेपालले काजकिस्तानको सामना गर्नेछ। खेल साँझ पाँच बजे हुनेछ। अर्को सेमिफाइनलमा उज्वेकिस्तान र भारत दिउँसो २ः३० बजे भिड्ने छन्।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ।