भलिबलसमाचार

काभा महिला भलिबलमा नेपाल तेस्रो बन्यो

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो बनेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको भएको खेलमा उज्वेकिस्तानलाई ३–१ले हराउँदै नेपाल तेस्रो बनेको हो।

आइतबार भएको खेलमा नेपालले पहिलो सेट २५–२०ले जितेको थियो । दोस्रो सेट २५–१६ ले जित्दै उज्वेकिस्तानले खेललाई १–१को बराबरीमा ल्यो । त्यसपछिका दुई सेट २५–१५ र २५–१३ ले जित्दै नेपाल तेस्रो बन्यो।

नेपाल यसअघिका २ संस्करणको विजेता हो। नेपाल सेमिफाइनलमा जित नजिक पुगेर पनि काजकिस्तानसँग ३–२ले पराजित भएको थियो । यता, उज्वेकिस्तान भने भारतसँग ३–०को सोझो सेटमा पराजित भएको थियो। नेपाल समूह ए र उज्वेकिस्तान समूह बीका उपविजेता हुन्।