जापानका काजुयोसी मिउरा ५५ वर्षमा व्यवसायिक फुटबल खेल्दै, ६० वर्षसम्म खेल्ने लक्ष्य

Read Time:2 Minute

जापानीज भेट्रान स्ट्राइकर काजुयोसी मिउरा ५५ वर्षका भए, तर उनी यो बुढ्यौली उमेरमा पनि मज्जाले व्यासयिक फुटबलमा रमाइरहेका छन्।

५६औं जन्मदिन मनाउन लागिरहेका मिउरा पोर्चुगलको दोस्रो श्रेणीको क्लब ओलिभिरेन्समा लोनमा अनुबन्ध भए। उनी जापानीज जे लिग क्लब योकोहामा एफसीबाट लोनमा पोर्चुगल गएका हुन्।

पाँच दशकमा फुटबल खेलिरहेका मिउरा फुटबल खेल्न लागेको छैटौं देश हो । यसअघि उनले ब्राजिल, जापान, इटली, क्रोएसिया र अष्ट्रेलियामा खेलिसकेका छन्।

पोर्चुगिज क्लबमा आबद्ध भएपछि उनले भनेका छन्, ‘मेरो लागि यो नयाँ स्थान भए पनि म सबैलाई मैले कडा मिहिनेत गरेर देखाउन चाहन्छु, जसको लागि म चिनिन्छु।’ उनले यसअघि आफू ६० वर्षको हुँदासम्म खेलिरहने बताएका छन्।

मिउराले गत सिजन लोनमा सुजुका पोइन्ट गेटर्सबाट खेलेका थिए । जहा उनले १८ खेलमा २ गोल गरे । जापानको चौथो श्रेणीको क्लब उनकै दाइ याशुतोषीले प्रशिक्षण दिएको क्लब हो ।

पोर्चुगलको ओलिभिरेन्समा पनि योकोहामाकै अधिकांश लगानी छ । मिउराले सन् १९८६ मा ब्राजिलियन क्लब सान्तोसबाट खेल्न सुरु गरेका थिए ।

उनले सन् २०१७ मा जे लिगमा थेस्पाकुसात्सु गुन्माका लागि ५० वर्ष १४ दिनको हुँदा गोल गर्दै सबैभन्दा पाका गोलकर्ता बनेका थिए । ‘किङ काजु’ को रुपमा परिचित मिउरा जापानमा धेरै माया पाउने खेलाडीमध्ये हुन्।

सन् १९९० देखि २००० सम्म जापानका लागि खेलेका उनले ८९ खेलमा ५५ गोलसमेत गरेका छन्।

Happy
Happy
73 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
27 %
Previous post कारबाओ कपको उपाधिका लागि युनाइटेड र न्युकासल भिड्ने
Next post सन्दीप बन्द प्रशिक्षण सहभागी, राष्ट्रिय टिममा पर्ने बाटो खुल्यो
Close