°
, June 4, 2023 in

आईपिएलबाट बाहिरिए केन विलियम्सन

SHARE:

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इन्डियन प्रियिमर लिग (आईपिएल)का बाँकी खेल गुमाउने भएका छन्। आईपिएलको १६औं संस्करणको उद्घाटन खेलमा घाइतेका गुजरात टाइटन्सका विलियम्सनले बाँकी खेल गुमाउने भएका छन्।

चेन्नईविरुद्धको उद्घाटन खेलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका थिए । बाउन्ड्रीमा छक्का बचाउने क्रममा उनको दायाँ घुँडामा चोट लागेको थियो। चोटपछि उनलाई गुजरातका म्यानेजमेन्ट टोलीले बोकेर लगेका थिए।

गुजरातले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै चोटका कारण विलियम्सनले आईपीएल २०२३ बाट बाहिरिएको उल्लेख गरेको छ। उनी उनी उपचारका लागि न्युजिल्याण्ड फर्कने पनि गुजरातले जनाएको छ।

२०१८ देखि २०२२ सम्म सनराइजर्स हैदरवादका लागि खेलेका विलियम्सन यसै सिजन गुजरातमा अनुबन्ध भएका थिए।

SHARE: