विश्व च्याम्पियन धावक मनान्गोइ निलम्बित

विश्व च्याम्पियन धावक एलिजाह मनान्गोइ निलम्बनमा परेका छन् । एन्टी डोपिङ नियम उल्लंघन गरेको आरोपमा एथ्लेटिक्स इन्टीग्रिटी युनिटले मनान्गोइलाई अस्थायी निलम्बन गरेको हो ।

२७ वर्षीय केन्याका धावक पछिल्ला १२ महिनामा तीन पटक डोपिङ परीक्षणमा अनुस्थित भएका थिए । सोही कारण उनलाई एथ्लेटिक्स इन्टीग्रिटी युनिटले अस्थायी निलम्बन गरेको हो । एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथ्लेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।

मनान्गोइले लण्डनमा भएको सन् २०१७ को विश्व च्याम्पियनसिपमा १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए भने सन् २०१८ मा भएको कमनवेल्थ गेम्समा समेत स्वर्ण जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *