°
, May 30, 2023 in

पुलिसलाई हराउँदै आयोजक खप्तड गोल्डकपको सेमिफाइनलमा

SHARE:

आयोजक सुदूरपश्चिम–११ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो।

सुदूरपश्चिम–११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गोल गरे । सुदूरपश्चिम–११ का लागि सुरुवाती पाचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरे।

खेलको ३० औं मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे। उनले दोस्रो हाफमा ५१औं र ६३ औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रीक गरे ।

जितसँगै सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान बनाएको छ । अब सुदूरपश्चिमले थ्री स्टार क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता अन्तरगत बुधबार मनाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर एफसी भिड्ने छन्।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

SHARE: