°
, June 2, 2023 in

खप्तड गोल्डकप : खुमलटारलाई हराउँदै एभिनर क्वाटरफाइनलमा

SHARE:

धनगढी, चैत १० छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ ।
शुक्रबार दोस्रो दिनको खेलमा क्यामरुनको एभिनर फुटबल क्लवले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा विदेशी टोली एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो । खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए।

एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई क्वाटर फाइनलको यात्रा तय गराए । उनले खेलको ६६औं र ७२औं मिनेटमा गोल गरेका थिए।

एभिनरले सेमिफाइनल प्रवेशका लागि बागमती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच हुने खेलको विजेतासँग खेल्ने छ।

शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुने छ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

SHARE: