°
, May 29, 2023 in

थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा, फ्रेन्ड्स १–०ले पराजित

SHARE:

थ्री स्टार क्लब छैठौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार धनगढी रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टार सेमिफाइनलमा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो । थ्री स्टारका लागि ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा दीपेशको गोल नै निर्णायक बन्यो।

थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । खेल चैत १६ गते हुनेछ ।

प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मस्र्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

SHARE: