सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको पाँचौं संस्करण आजबाट सकिँदैछ । धनगढी रंगशालामा आज हुने फाइलनसँगै प्रतियोगिता सकिने छ।
प्रतियोगिताको उपाधिका लागि दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब भिड्ने छन्। फाइनल धनगढी रंगशालामा अपरान्ह ३ बजेपछि सुरु हुनेछ ।
दुबै टिम कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताउँदै फाइनलका तयार रहेको बताएका छन् । मनाङ हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो भने फाइनल पुग्ने क्रममा फ्रेन्ड्सले बागमती युथको चुनौती २–१ले पन्छाएको थियाो।
प्रतियोगिताको विजेताले ट्रफीसहित २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् भने विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।