खुमलटारले भित्र्याएयाे स्टार विदेशी खेलाडी

Read Time:1 Minute

सहीद स्मारक ए डिभिजन लिग नजिकिएसँगै क्लबहरुले खेलाडी अनुबन्धन गर्ने क्रममलाई तिव्रता दिएका छन्। यो पटक नयाँ क्लबहरुले खेलाडी अनुबन्धनमा चर्चित क्लबहरूलाई माथ गरिरहेका छन्।

यसै सिजन ए डिभिजनमा बढुवा भएको खुमलटार युथ क्लबले लिगका लागि नेपाली घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका दुई विदेशी खेलाडी अनुबन्धन गरेको छ।

बी डिभिजन लिगमा दोस्रो हुँदै शीर्ष डिभिजनमा बढुवा भएको खुमलटारले नेपाल सुपर लिग (एनएसएल)का स्टार खेलाडी मेसुके ओलोमोउ र स्टेफन बिनोङलाई अनुबन्धन गरेको छ। यी दुवैलाई काठमाडौं रेजर्सलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका गरेका थिए।

अघिल्लो सिजन उनीहरु दुवैले एनआरटी क्लबबाट ए डिभिजन लिग खेलेका थिए। अहिले उनीहरु संकटा क्लबबाट आहा–रारा पोखरा गोल्डकप खेलिरहेका छन्। उनीहरु पोखरा गोल्डकप पछि खुमलटारमा आबद्ध हुने छन्।

यस्तै, खुमलटारले मुख्य प्रशिक्षकाका रुपमा नेपाली यू–२० महिला टिमका प्रशिक्षक यमप्रसाद गुरुङलाई नियुक्त गरेको छ। उनले बंगलादेशमा हुने यू–२० महिला साफ पछि खुमलटारको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनेछन्।

Happy
Happy
21 %
Sad
Sad
6 %
Excited
Excited
38 %
Sleepy
Sleepy
2 %
Angry
Angry
2 %
Surprise
Surprise
30 %
Previous post चेल्सीका पूर्वखेलाडी तथा प्रशिक्षक भिअलीको निधन
Next post विराटनगरसँग पराजित हुँदै बाहिरियो फार वेस्ट, विराटनगरको प्लेअफ सम्भावना कायमै
Close