यसै सिजन एक डिभिजन लिगमा बढुवा भएको क्लब खुमलटारले खेलाडी अनुबन्धनलाई तिब्रता दिएको छ। उसले आइतबार तीन युवा खेलाडीलाई अनुबन्धन गरेको छ।
आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि उसले स्ट्राइकरद्वय रोहित सुब्बा र श्याम मुर्मु तथा डिफेन्डर पदम भट्टराईलाई अनुबन्धन गरेको छ। रोहित यू–२० राष्ट्रिय टिमका सदस्य हुन्।
तीनै जना युवा खेलाडीलाई एक सिजनका लागि अनुबन्धन गरिएको खुमलटारले जनाएको छ। उनीहरु तीनै जना ललितपुरकै तीनै खेलाडीलाई सुनाकोठी सिटी एफसीबाट खेल्थे।
यसअघि उसले मिडफिल्डर नितिन थापा, स्ट्रायकर राजिव लोप्चन, मनिष थापा र एन्जल गुरुङलाई अनुबन्ध गरेको थियो। उसले विदेशी स्ट्राइकर मेसुके ओलुमोउ र स्टेफन समिर विनोङदलाई अनुबन्ध गरेको थियो।
डलब राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिता फागुन १९ बाट सुरु हुनेछ।