नेपाली फुबटल अहिले गर्माएको छ। क्लोज क्याम्पमा रहेका खेलाडीप्रति प्रशिक्षकले दुर्व्यवहार गरेको भन्दै दर्जन सिनियर खेलाडीले क्याम्प छाडेपछि नेपाली फुबटल गर्माएको हो।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सिनियर खेलाडी रोहित चन्दलाई दुर्व्यवहार गरेको भन्दै बन्द प्रशिक्षमा रहेका दर्जन सिनियर खेलाडीले मंगलबार राष्ट्रिय टिमको क्याम्प छाडेका थिए।
आफ्नो सुविधाका विषयमा सिनियर खेलाडीले आवाज उठाएपछि प्रशिक्षक र खेलाडीबीच खटपट सुरु भएको थियो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहितले सुरुवातमा क्याम्प छाडेका थिए । रोहितले क्याम्प छाड्दा प्रशिक्षकले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको अन्य खेलाडीले पनि विद्रोह गर्दै क्याम्प छाडेका हुन्।
यो घटनामा राष्ट्यि टिमका कप्तान किरण चेम्जोङ खेलाडीको पक्षमा उभिएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत किरणले अहिले देखिएको घटनामा आफू खेलाडीको पक्षमा रहेको उल्लेख गरेका छन्।
‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छु’, किरणले मुख्य प्रशिक्षकको व्यवहारप्रति आफ्नो असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन ।’
कप्तान किरणले टोलीको कप्तान र एक सदस्यको हिसाबले आफू खेलाडीको पक्षमा रहेको र सधैं रहने उल्लेख गरेका छन्।
अल्मुताइरीसँग असन्तुष्टी जनाउँदै होटल छाड्नेमा रोहितसँगै विशाल राई, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, विमल घर्तीमगरलगायतका छन्। अल्मुताइरीले रोहितलाई दुर्व्यवहार गरेको आरोप उनीहरुको छ। राष्ट्रिय टिममा विद्रोह गरेका उनीहरुले राष्ट्रिय टिमको फोसबुक ग्रुप पनि लिभ गरेको बताइएको छ।