नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले माल्दिभ्सको लिग खेल्ने भएका छन्। लामो समयदेखि विदेशी लिग खेलिरहेका किरणलाई माल्दिभ्सको लिगका लागि माझिया स्पोट्स स्पोर्ट्स एन्ड रिक्रिएसन क्बलले अनुबन्धन गरेको छ।
माल्दिभ्सको लिग खेल्ने किरण आजै अपरान्ह त्यसफर्त प्रस्थान गरेका छन् । उनलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले बिदाई गरेका थिए।
अघिल्लो सिजन करणले पञ्जाबबाट आई लिग खेलेका थिए । केही सयमअगाडि मात्र पञ्जाबसँगको सम्झौता सकिएको थियो।
किरणले दोस्रो पटक माल्दिभ्सको शीर्ष डिभिजन खेल्न लागेका हुन्। यसअघि किरणले सन् २०१८–१९मा टिसी स्पोर्ट्सबाट शीर्ष लिग खलेका थिए । सो सिजन उनी लिगकै उत्कृष्ट गोलकिपर पनि भएका थिए।
किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।