माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाली फुटबल टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। प्रतियोगिताको सुरुआती दुवै २ खेलमा जित निकालेको नेपालको बलियो प्रत्यासी बनेको छ।
पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल नजिक पुगेको नेपालले आइतबार तेस्रो बलियो भारतसँग खेल्दैछ। खेल राति ९ः४५ बजे मालेस्थित नेशनल रंगशालामा हुनेछ।
भारतविरुद्धको खेलअघि माल्दिभ्समा शनिबार आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर टिमका कप्तान किरण लिम्बूले प्रत्येक नेपाली खेलाडीको सपना नै साफ च्याम्पियनसिप जित्नु भएको बताएका छन्।
सपना पुरा गर्न सक्दो मेहनत गर्ने बताउँदै किरणले भारतविरुद्धको खेल सबैभन्दा महत्वपूर्ण भएको बताए । ‘सुरुआती दुई खेल जितेर हामीले प्रतियोगितामा राम्रो सुरुआत गरेका छौं । अब बलियो भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छौं । हाम्रो लागि यो सबैभन्दा महत्त्वपूर्ण छ । त्यसमा जित निकाल्न लािग सक्दो महेनत गर्नेछौंं।’
प्रतियोगितामा नेपालले लागतार दुई खेल निकाल्दा भारत भने दुवै खेलमा बरारबीमा रोकिएको थियो । नेपालले आयोजक माल्दिभ्सलाई १–०ले हराउँदा श्रीलंकाविरुद्ध ३–२को जित निकालेको थियो । यता, भारत भने श्रीलंकासँग १–१ र बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।